कारोबार


माओवादी निकट मजदुर संगठनले सांसदसँग अन्तरक्रिया गर्ने

माओवादी निकट मजदुर संगठनले सांसदसँग अन्तरक्रिया गर्ने

नेपालखबर
भदौ १५, २०८२ आइतबार ९:४, काठमाडौँ

माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ १६ गते काठमाडौंको होटल सोल्टीमा ‘मजदुरसँग सांसद’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। 

उक्त कार्यक्रममा माओवादी निकट प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहने जानकारी संघले दिएको छ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अनुसार पर्यटन क्षेत्रका श्रमिकको हकहित र अधिकार सुनिश्चितताका लागि निरन्तर संघर्षरत संगठनले श्रम क्षेत्रमा व्याप्त बेथिति, न्यूनतम सेवा सुविधा नदिने प्रवृत्ति र गैरकानुनी श्रम अभ्यासविरुद्ध निरन्तर अभियान चलाइरहेको छ। सेवाशुल्क खारेजीपछि पुनः प्राप्तिका लागि गरिएको दबाब, संघर्ष तथा कार्यक्रमहरू यसअघि पनि सञ्चालन गरिएको संघले जनाएको छ।

संघले विशेषगरी १० प्रतिशत सेवाशुल्क कानुनी रूपमा पुनः व्यवस्था गर्न नेपाल सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याएको छ। संघको भनाइमा, आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा १० प्रतिशत सेवाशुल्कलाई कानुनी रूपमा लागू गरिने घोषणा भए पनि तीन महिना बित्दासम्म सरकारले कुनै पहल नगरेकाले श्रमिक दबाब अपरिहार्य भएको हो।

यसका लागि होटल, मोटल, रेष्टुराँ, रिसोर्ट, क्यासिनो, फास्टफुड, रात्रिकालीन मनोरञ्जन, केबलकार, पार्टी प्यालेस लगायत पर्यटन क्षेत्रका श्रमिकलाई सहभागी गराउँदै श्रमिक हस्ताक्षर अभियान पनि सञ्चालन भइरहेको छ। सो हस्ताक्षर अभियान संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) मार्फत नेपाल सरकारलाई बुझाइने उपमहासचिव माधव पाण्डको  भनाइ छ । 

हस्ताक्षर अभियान भदौ १६ गतेदेखि सुरु हुने र सातै प्रदेशमा अभियानकाे रुपमा जाने अखिल नेपाल हाेटेल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्तले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad