खेल


खेलाडीले विश्वमा नेपालको पहिचान उच्च बनाएका छन्: वर्षमान

खेलाडीले विश्वमा नेपालको पहिचान उच्च बनाएका छन्: वर्षमान

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ११:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएको बताएका छन्।

‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमासमेत भूमिका खेलेको भन्दै खेलाडीको प्रशंसा गरे।

 ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरू मुलुकका गौरब हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ।’

उनले समाजको सबै क्षेत्रले खेलाडीहरुलाई रोल मोडलका रुपमा लिने गरेको बताए । पछिल्लो समय क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालजस्ता खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको उनको भनाइ थियो। 

शारीरिक र मानसिक रुपले तन्दुरुस्त नागरिक तयार गर्न खेल क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा खेलाडीको व्यवसायिकता वृद्धि गर्नुपर्नेमा पुनले जोड दिए।

पुनले विद्यालय र क्याम्पसमा विद्यार्थी हुँदा आफू पनि फुटबल र भलिवल खेलाडी रहेको स्मरण गरे। पुनले भक्त राना नेपालको गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका साथै खेल प्रेमीसमेत रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad