मौसम बदली र वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा अहिलेसम्म कुनै समस्या देखिएको छैन।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले आज बिहान १० बजे दिएको जानकारीअनुसार त्रिभुवन विमानस्थलबाट उडान नियमित भइरहेको छ।
‘मौसमका कारण यहाँबाट हुने उडानमा कुनै समस्या देखिएको छैन, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान भइरहेका छन्’, प्रवक्ता शेर्पाले नेपालखबरसँग भने।
देशका अन्य विमानस्थलबाट हुने उडानका विषयमा भने जानकारी लिन बाँकी रहेको उनले बताए।
‘मौसमका कारण कुनै–कुनै विमानस्थलबाट हुने उडानमा समस्या पनि भएको हुनसक्छ’, उनले भने, ‘यस विषयमा म अब जानकारी लिन्छु।’
87
Shares

प्रतिक्रिया