सुदूरपश्चिम


डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ जनाको मृत्यु

डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ जनाको मृत्यु

डडेल्धुरामा बिहीबार बिहान भिरबाट खसेको जिप।


गोकुल जोशी
भदौ १२, २०८२ बिहिबार १०:२३, कञ्चनपुर

डडेल्धुरामा आज (बिहीबार) बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका-५, चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ। 

दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्।

घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ। 

मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ। 

कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad