कारोबार


पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनोट भयो एससीटी

पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनोट भयो एससीटी

नेपालखबर
भदौ ११, २०८२ बुधबार १८:५५, काठमाडौँ

नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिल (पीसीआई एसएससी) को दक्षिण एसिया क्षेत्रीय बोर्डको सदस्यका रूपमा चयन भएको छ।

यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था एससीटी  छ भने एससीटीका अतिरिक्त गुगल इंक, नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई), युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला संस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ।

पीसीआई एसएससी एक विश्वव्यापी मञ्च हो, जसले पीसीआईडीएसएसलगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउने बताइएको छ।

भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पीसीआई एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad