कारोबार


नेपालका अभौतिक सम्पदा अन्तर्राष्ट्रिय सूचीमा दर्ता गर्छौँ : मन्त्री पाण्डे

नेपालका अभौतिक सम्पदा अन्तर्राष्ट्रिय सूचीमा दर्ता गर्छौँ : मन्त्री पाण्डे

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १८:८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाल सरकारले अभौतिक सम्पदाको संरक्षण र सूचीकरणलाई प्राथमिकतामा राखेको स्पष्ट पारे।

मन्त्री पाण्डेका अनुसार सरकारले कार्यविधि बनाई हालसम्म १०५ वस्तु अभौतिक सम्पदाको रूपमा दर्ता गरिसकेको छ। नेवार समुदायको परिकार "योमरी" नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको उनले जानकारी दिए। 

“यो विधेयक कानुन बनेपछि मौलिक अभ्यासहरूको सूचीकरण मात्र नभई प्रचार–प्रसार र संरक्षणमा समेत ठूलो टेवा पुग्नेछ,” मन्त्री पाण्डेको भनाइ छ।

विधेयक निर्माणको क्रममा सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल गरिसकिएको मन्त्री पाण्डेले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad