नेपाल धितोपत्र बोर्डका नवनियुक्त सदस्य सीए आनन्दराज शर्मा वाग्लेले शुक्रबार शपथ लिएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्ड सदस्यका रूपमा शपथ खुवाएका हुन्।
उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य वाग्लेलाई अन्य बोर्ड सदस्य तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले पनि स्वागत गर्दै शुभकामना दिएका थिए।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२) (ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्थाअनुसार सीए वाग्लेई बोर्ड सदस्य बनाइएको हो।
36
Shares

प्रतिक्रिया