कारोबार


झिनो अंकले सुधारियो सूचक, कतिको कारोबार?

झिनो अंकले सुधारियो सूचक, कतिको कारोबार?

नेपालखबर
साउन २९, २०८२ बिहिबार १५:३२, काठमाडौँ

सेयरबजारमा आज झिनो अंकको सुधार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो। 

योसँगै बजारमा ७ अर्ब ४६ करोड रुपैयाँको किनबेच भएको छ। १ करोड ९२ लाख ५८ हजार कित्ता सेयर बिक्रीपछि सो परिमाणमा कारोबार भएको हो। 

साताको अन्तिम कारोबार दिन १०८ वटा सेयरका लगानीकर्ताले कमाउँदा १४१ सेयरका लगानीकर्ताले गुमाएका छन्। 

बढ्ने सेयरहरुमा बिहीबार नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत प्रतिसेयर आम्दानी गर्दा पञ्चकन्या माई हाइड्रो, कुमारी सबल योजना, राधी विद्युत्, अपर स्यांगे हाइड्रोलगायतका सेयरधनीले कमाएका छन्। 

एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एसिया सेलेक्ट फन्ड, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, नेपाल बैंक, सनराइज ब्लुचिपलगायतको सेयर मूल्य ८.३१ प्रतिशतसम्मले घटेको छ। 

सर्वाधिक कारोबार भने आज नेपाल पुनर्बीमा कम्पनीको ४७ करोडको कारोबार भएको छ। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४१ करोड, बलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ र साहस ऊर्जाको २२ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad