कारोबार


४० करोड लगानीमा चितवनमा सुरु भयो कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण

४० करोड लगानीमा चितवनमा सुरु भयो कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण

नेपालखबर
साउन २६, २०८२ सोमबार १७:२७, काठमाडौँ

मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा  अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ। 

कम्पनीले करिब ४० करोड रुपैयाँ लगानीमा प्रशोधन उद्योगका साथै कोल्ड स्टोरको शिलान्यास गरेको हो। 

उद्योगमा २५ बढी कृषि उपजको प्रशोधन गरिने कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अविनाश सिलवालले जानकारी दिए। 

उनका अनुसार आगामी पुस १५ सम्म यो परियोजना निर्माणसम्पन्न गरिने लक्ष्य छ। 

उद्योगमा चितवनको तोरीको तेल, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफीलगायतको प्रशोधन हुनेछ। यसका लागि कच्चा पदार्थ चितवनकै किसान र देशकै स्थानीय उत्पादकहरुबाट संकलन गरिने उनले बताए। 

प्रशोधन गरिएका वस्तुको देशव्यापी वितरण र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको उनको भनाइ छ। 

त्यसैगरी अत्याधुनिक कोल्ड स्टोर सुविधामा तरकारी तथा फलफूलको दीर्घ संरक्षण र काठमाडौं, पोखरालगायत प्रमुख सहर तथा विदेशमा आपूर्ति समेत गरिनेछ। 

कोरोना महामारीको बेला मेरो किसान लिमिटेडको स्थापना भएको थियो। छोटो समयमै कम्पनीले मोबाइल एपमार्फत ४० हजार बढी उपभोक्ता र ३ सय बढी व्यावसायिक हाउससँग प्रत्यक्ष काम गरिरहेको छ। देशैभरका ५ सय बढी व्यावसायिक कृषकहरुसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, संकलन, प्रशोधन र वितरणको सबै चक्रमा सक्रिय रुपमा कम्पनी संलग्न रहँदै आएको छ। 

बीउदेखि बजारसम्मको प्रतिबद्धता जनाउँदै कम्पनीले यस परियोजनामार्फत किसानको आम्दानी बढाउने, कृषि उत्पादनको मूल्यअभिवृद्धि गर्ने, खाद्य सुरक्षालाई मजबुत बनाउने र नेपालको कृषि निर्यात क्षमतामा योगदान दिने लक्ष्य राखेको सिलवालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad