कारोबार


एससीटी युनियनपे कार्ड ग्राहकलाई द सोल्टी होटल्स एन्ड रिजोर्टमा छुट

एससीटी युनियनपे कार्ड ग्राहकलाई द सोल्टी होटल्स एन्ड रिजोर्टमा छुट

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १७:३८, काठमाडौँ

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै प्रथम ५ तारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिजोट्र्सबीच व्यावसायिक सम्झौता भएको छ।

सोल्टी हेरिटेज क्लब र एससीटीबीच एससीटी युनियनपे कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरसिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ।  

यसअनुसार अगस्ट ५ देखि नेपालभरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा एससीटी युनियनपे कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिपअन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुविधा पाउनेछन्। 

यस छुटमा फुड एंड बेभेरेजमा १० प्रतिशत छुट, विशेष रुम महशुल दर साथै जन्मदिन र वैवाहिक वर्षोत्सवमा २० प्रतिशत विशेष छुट हुने जनाइएको छ।  यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनुपर्ने हुन्छ। सो सदस्यता लिन निःशुल्क सकिन्छ।

त्योसँगै ग्राहकहरूले सोल्टीको अधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेसनबाट सजिलै लिन सकिनेछ। 

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत यो कार्ड जारी गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad