कारोबार


सेयरबजार १८ अंकले बढ्यो, लगानीकर्ताले गरे साढे ८ अर्बको किनबेच

सेयरबजार १८ अंकले बढ्यो, लगानीकर्ताले गरे साढे ८ अर्बको किनबेच

नेपालखबर
साउन २२, २०८२ बिहिबार १५:५३, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से आज १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा चढेको छ। 

लगातारको गिरावटपछि साताको अन्तिम कारोबार दिन सूचक बढेको हो। 

२ करोड ५४ लाख कित्ता सेयर बिक्रीपछि बजारमा ८ अर्ब ५३ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बिहीबार १८७ वटा सेयरको मूल्य बढ्दा ६२ वटाको घटेको छ। बढेका सेयरहरुमा सिक्लेस हाइड्रोपावर, वरुण हाइड्रो, मकर जितुमाया सुरी हाइड्रो, रिलायबल समृद्धि योजना र खानीखोला हाइड्रोपावर छन्। यी सेयरहरु क्रमशः ९.८१, ९.७८, ७.५६, ६.४९ र ६.१९ प्रतिशतले बढेका हुन्। 

तर उन्नति सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला जलविद्युत्को सेयर भने घटेको छ। यी सेयरहरु क्रमशः ८.२६, ५.४२, २.७१, २.६९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। 

आज सर्वाधिक कारोबार लिबर्टी इनर्जीले गरेको छ। कम्पनीको ३९ करोडको कारोबार हुँदा शिवम् सिमेन्ट ३६ करोड, हिमालयन रिइन्स्योरेन्स २३ करोड, नेपाल पुनर्बीमा कम्पनी २२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २० करोडको कारोबार भएको छ। 

बिहीबार बजार पुँजीकरण ४७ खर्ब र बजारमा तरल बजार पुँजीकरण १६ खर्ब रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad