अर्थमन्त्री विष्णु पौडेलले टुकुचादेखि पश्चिमका संरचना भत्काएर प्रदर्शनीस्थल बनाइने घोषणा गरेका छन्।
अर्थमन्त्री पौडेलले बुधबार बिहान भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोको उद्घाटन समारोहमा उक्त कुरा बताएका हुन् ।
‘राजधानीमा प्रदर्शनीस्थल थिएन। भृकुटीमण्डपमा प्रदर्शनीस्थल बनाउने भनेर राखिएकाे हाे। टुकुचादेखि पश्चिमका संरचना हट्ने छ। त्यहाँ आधुनिक प्रदर्शनीस्थल निर्माण हुनेछ’, उनले भने, ‘यसका लाग अन्तर्राष्ट्रिय संस्थाकाे परामर्श लिइने छ। म एक दुई वर्ष भित्रमा भन्दिनँ। तीन वर्ष भित्रमा बनाउन छु। आवश्यक परे निर्माणमा पनि अन्तर्राष्ट्रिय कम्पनीको सहयोग लिन सकिन्छ।’
आज (साउन २१) देखि पाँच दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
एक्स्पो अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ
नाइमा नेपाल मोबिलिटी एक्स्पो उद्घाटन क्रमका केही तस्बिर:









Shares

प्रतिक्रिया