कारोबार


अमेरिकी डलरको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

अस्ट्रेलियन डलर, युरो र पाउन्ड पनि महँगिए
अमेरिकी डलरको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार ५:३०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको पनि मूल्य बढेको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। नेपाली बजारमा अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा थियो।

यही साउन १६ गते अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४०  रुपैयाँ ४६ पैसा पुगेर केही सस्तिएको थियो। 

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा छ। हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३३ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad