समाज


कुलोले बगाउँदा २ वर्षीया बालिकाको मृत्यु

कुलोले बगाउँदा २ वर्षीया बालिकाको मृत्यु

नेपालखबर
साउन २०, २०८२ मंगलबार ५:५७, दाङ

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोले बगाउँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। 

कुलोमा  बगेर गम्भीर अवस्थामा पुगेकी स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। 

सोमबार साँझ घर अगाडि खेल्ने क्रममा बालिका नजिकै रहेको कुलोमा खसेकी थिइन्। 

बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। 

उनको उपचारको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए। बालिकाको शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad