कारोबार


कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

नेपालखबर
साउन १९, २०८२ सोमबार १८:५०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउन सकिने बताएका हुन्।

“देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ। आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन,” मन्त्री खड्काले भने, “कोदो परिकारको विषय मात्र होइन, यो हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न हो।” पहिला विपन्न वर्गले खाने भनिएको कोदोका परिकार यतिबेला सबै वर्गको रुचि एवं स्वास्थ्यको हिसाबले प्राथमिकता पर्ने खाद्यान्नको रुपमा लिईएको मन्त्री खड्काले बताए।

कार्यक्रममा कोदोबाट तयार पारिएका परिकारहरू- कोदोका प्यान केक, कोदोको खिर, कोदोको माफिन, कोदोको बिस्कुट, कोदोको मालपुवा, कोदोको म:म:, ढिँडो, कोदोको फापर, कोदो हलुवा, कोदो पकौडा, कोदो खिर, कोदो बिस्कुट, सेलरोटीको जीवन्त प्रस्तुति गरिएको थियो। मन्त्री खड्काले ती परिकारहरू अवलोकन गर्दै आयोजक एवं सेफसँग अन्तर्क्रिया गरे।

उनले कोदोको वैज्ञानिक अनुसन्धान, व्यवसायीकरण तथा उपभोग संस्कृतिको विस्तारका लागि मन्त्रालयगत समन्वय र नीतिगत सहयोगको प्रतिबद्धता पनि जनाए।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्द्धन अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौको सहकार्यमा सम्पन्न भोजनलिपि स्वादको पाँचौ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको अभियानका संयोजक देवी प्रसाद सापकोटाले बताए।

कार्यक्रममा कृषि वैज्ञानिक, उद्यमी, विद्यार्थी, कृषक, विभिन्न मन्त्रालय एवं विभाका कर्मचारीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad