कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विश्व अर्थतन्त्र ९० वर्षयताकै गम्भीर संकटतर्फ उन्मुख भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले बताएको छ।
आइएमएफले भनेको छ- अर्थतन्त्रमा आएको गिरावट सन् १९३० को दशकको ग्रेट डिप्रेसन (गम्भीर मन्दी) यताकै खराब देखिएको छ।
विश्वभर नै तीव्र गतिमा आर्थिक गतिविधि गिर्दो क्रममा रहेको उल्लेख गर्दै आइएमएफले यो वर्ष विश्वको आर्थिक वृद्धिदर मात्रै ३ प्रतिशत हाराहारीमा रहने अनुमान गरेकाे छ।
लम्बिँदै गएको कोरोना महामारीका कारण उत्पन्न संकट सामना गर्न अब विश्वका सरकार तथा तिनका केन्द्रीय बैंकको क्षमता परीक्षण हुने आइएमएफको भनाइ छ।
अहिलेको संकटले आउँदो २ वर्षमा विश्वभर ९ ट्रिलियन अमेरिकी डलर बराबरको कूल गार्हस्थ्य उत्पादनमा असर पार्ने अनुमान आइएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथनले गरेकी छन्।
यो वर्षको मध्यसम्म यो महामारी अन्त्य भए आउँदो वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण विज्ञले गरेका छन्।
Shares

प्रतिक्रिया