खेल


एएफसीका सबै खेल अनिश्चित कालका लागि स्थगित

एएफसीका सबै खेल अनिश्चित कालका लागि स्थगित

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १३:३६,

एसियन फुटबल फेडेरेसन (एएफसी) ले मे र जुनका लागि तय गरेको सबै प्रतियोगिता र खेलहरु अर्को सूचना नभएसम्म स्थगित गर्ने निर्णय गरेको छ।

विभिन्न देशले कोरोनाभाइरसविरुद्ध लड्न यात्रालगायतमा प्रतिबन्ध जारी राखेको भन्दै एएफसीले खेल स्थगनको निर्णय लिनुपरेको जनाएको छ। खेलाडी, सहभागी टिम, व्यवस्थापन पदाधिकारी, फ्यानको सुरक्षामा एएफसीले विशेष ध्यान दिइरहेको पनि जनाइएको छ।

कोरोना महामारीले सिर्जना भएको पछिल्लो परिस्थिति नजिकबाट नियालिरहेको पनि उसको भनाइ छ। एएफसीले मार्च र अप्रिलको खेलहरु पनि स्थगन गरेको थियो। एएफसीले दिल्ली, दोहा, दुवई र क्वालालम्पुरमा आकस्मिक बैठक बसेर स्थगन गरेको थियो।

भविष्यमा सहभागी सदस्य संघहरुसँग समन्वय गरेर अघि बढ्ने तथा सन् २०२० को एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज खेल पूरा गर्नेबारे विकल्प खोज्ने समेत जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad