कारोबार


एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता

एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता

नेपालखबर
साउन १४, २०८२ बुधबार १५:४३, काठमाडौँ

एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ।

बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका जनरल म्यानेजर मनोज कुमार थापाले व्यावसायिक सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यसअनुसार बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिँदा विशेष छुट पाउनेछन्। उनीहरुले लेमोन ट्री प्रिमियरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेयपदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन्। 

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad