कारोबार


इक्विटी कम्पनीमार्फत लगानी विस्तार गर्ने कुरामा हामी पछाडि नै छौँ: मनोज कुमार पौडेल

इक्विटी कम्पनीमार्फत लगानी विस्तार गर्ने कुरामा हामी पछाडि नै छौँ: मनोज कुमार पौडेल

नेपालखबर
साउन ८, २०८२ बिहिबार १७:५८, काठमाडौँ

अध्यान्त फण्ड मेनेजमेन्ट कम्पनी अध्यक्ष मनोजकुमार पौडेलले इक्विटी कम्पनीमार्फत लगानी विस्तार आजको अपरिहार्य भएको बताएका छन् । उनले विश्वव्यापी रुपमा लगानी इक्विटी कम्पनीहरुमार्फत विस्तार गर्ने परिपाटीको सफल विकास भइरहँदा नेपाल पछि परेको बताएका हुन् । 

विश्वव्यापीरुपमा प्राइभेट इक्विटी विस्तार भइरहेको छ । नेपालमा पनि इक्विटी कम्पनीमार्फत लगानीको कार्य शुरु भएपनि हामी धेरै पछाडि नै छौँ’ उनले भने । 

सरकारले आइटी क्षेत्रमा विशेष प्राथामिकता दिएर लगानी बढाउने नीति लिएको छ। यसमा इक्विटी कम्पनी बेष्ड लगानीको वातावरण र्सिजना गर्नुपर्नेछ । 

सरकारी नीतिगत सहजता गरिसकेको भन्दै उनले बैदेशिक लगानी ल्याउने कार्य शुरु भएपनि यो ढिलो भइसकेको बताए । उनले भेन्चर क्यापिटलमार्फत लगानी विस्तारमा जोड दिनुपर्ने बताए । 

‘जबसम्म भेन्चर क्यापिटलका सर्पोटिभ इन्भारोमेन्ट बनाउन सकिदैन तबसम्म यो रिस्कि एसेट वा रिस्क कम्पनीमा लगानी कसरी गर्ने ? यदि १० वटा कम्पनीमा लगानी गर्दा ९ वटा लगानी डुबे पनि एउटाले १० वटामा गरेको भन्दा बढी प्रतिफल दिन सकिन्छ भन्ने मोडल भएकाले पनि यो महत्वपूर्ण छ।’ उनले भने । 

उनले सरकारले टेक कम्पनीमार्फत अगाडि बढाउन खोज्दैगर्दा सँगै वित्तीय साधानको उपलब्धता पनि बढाउन जरुरी रहेको बताए  ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad