दलीय भागबण्डाका कारण इटहरीको विकास प्रभावित भएको र जनतामाथी धोका दिने काम भएको भन्दै संयुक्त पहिचानवादी मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाली कांग्रेसको नेतृत्व र नेकपा एमालेको दुई तिहाई बहुमत हुँदा पनि दुई दलको आपसी भागबण्डा नमिल्दा आर्थिक वर्ष २०८२।०८३ को बजेट पारित नभएको प्रति मोर्चाले खेद व्यक्त गरेको छ।
नेपाली कांग्रेस र नेकपा एमालेको भागबण्डा नमिलेकै कारण यो परिस्थित सृजना भएको मोर्चाले ठहर गरेको छ।
१६ औँ नगर सभा स्थानीय तहको कार्य सम्पादन मूल्याङकन बेरुजु रकम र आर्थिक वर्ष २०८०।०८१ मा सञ्चालित आयोजनाको २०८१।०८२ मा पनि भुक्तानी गर्न असफल रहनु लज्जास्पद भएको मोर्चाले भनेको छ।
एक विज्ञप्ति जारी गर्दै संयुक्त पहिचानवादी मोर्चाले इटहरी उपमहानगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ। यसबाट उत्पन्न परिस्थितीको जिम्मा स्वयंम इटहरी नगर सरकार हुनुपर्ने विज्ञप्तीमा भनिएको छ।
मोर्चाका संयोजक राजेन्द्र दाहाल र सदस्य सचिव झहरमान थेवेको संयुक्त हस्ताक्षरमा विज्ञति जारी गरेर विगतका गतिविधि सच्याउँदै आब २०८२।०८३ को बजेट अविलम्ब पारित गरी इटहरीका जनतालाई विकासको प्रत्याभुती गराउन मोर्चाले माग गरेको छ।
Shares

प्रतिक्रिया