कारोबार


पाँच वर्षमा पाँचवटा सरकार परिवर्तनले व्यावसायिक क्षेत्रमा निराशा सिर्जना गऱ्यो : अन्जन श्रेष्ठ

पाँच वर्षमा पाँचवटा सरकार परिवर्तनले व्यावसायिक क्षेत्रमा निराशा सिर्जना गऱ्यो : अन्जन श्रेष्ठ

नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:४९, काठमाडौँ

नेपालमा व्यावसायिक क्षेत्रमा निराशा बढ्नुमा अस्थिर राजनीति प्रमुख कारण बनेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बताएका छन्। 

नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटको डोमेस्टिक क्यापिटल: डोमेस्टिक ग्रोथ सेसनमा  बोल्दै उपाध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरताले नागरिकमा मात्र नभएर नीजि क्षेत्रमा पनि निरासा बढाएको बताएका हुन्।  उनले भने, 'राजनीतिक स्थिरताको आस निजी क्षेत्रले गर्दै आएको थियो। पाँच वर्षमा पाँच वटा सरकार फेरिने अवस्था छ। राजनीतिक अस्थिरताले नीतिहरु प्नि छिटो परिवर्तन हुने र नीति स्पष्टता नहुदा पनि व्यवसायीक वातावरण बनाइरहेको छ। यसले पनि निरासा बढाएको छ।’ 

उपाध्यक्ष श्रेष्ठले कर्जा प्रवाहमा सुस्तता देखिदा बैंकहरुमा कर्जायोग्य लगानी थुप्रिएको अवस्थामा सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad