त्यहाँ १७ हजार ४८९ जनाको मृत्यु भइसकेको छ। कोरोनाले सबैभन्दा बढी ग्रस्त अमेरिकामा भने हालसम्म ५ लाख ६० हजारभन्दा बढी कोरोना संक्रमित छन्।
कोरोनाका कारण स्पेनमा दैनिक कोरोना संक्रमित र मृतक संख्या बढ्दै गएपनि सोमबारदेखि स्पेनले कोरोनाको त्रासपछि लगाएको लकडाउनलाई केही खुकुलो पारेको छ।
लकडाउनले आर्थिक कारोबार ठप्प भएपछि अर्थतन्त्रलाई फेरि सुधार गर्न स्पेनले लकडाउन खुकुलो पारेको जनाएको छ।
सोमबारदेखि स्पेनमा निर्माण सम्बन्धी काम तथा सामाग्री उत्पादन हुने स्थान खुला गरेको छ। कामदारहरु फेरि काममा फर्र्किएका छन्। यद्यपी उनीहरुले शारीरिक दुरीको नियमलाई पछ्याउनुपर्नेछ।
तर यी बाहेकका मानिसलाई घरभित्रै बस्न भनिएको छ। विश्व स्वास्थ्य संगठनले केहीदिन अगाडि मात्र लकडाउन खोलिए कोरोनाको प्रभाव निकै खतरनाक हुने चेतावनी दिइसकेको छ।
हालैका दिनमा स्पेनमा कोरोना संक्रमित र मृतकको दरमा कमी आउँदै गएको छ। बीबीसी
प्रतिक्रिया