कारोबार


२९ सयनजिक नेप्से, १६ अर्बको किनबेचमा कसले कमाए धेरै?

२९ सयनजिक नेप्से, १६ अर्बको किनबेचमा कसले कमाए धेरै?

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:४, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से २९ सयनजिक पुगेको छ। 

सोमबार २१.७६ अंकले बढेसँगै नेप्से २८९२.७२ विन्दुमा चढेको हो। 

साताको दोस्रो कारोबार दिन ३ करोड ५६ लाख कित्ता सेयर बिक्रीपछि १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ। 

यस दिन १५३ वटा सेयरको मूल्य बढ्दा ९६ वटाको घटेको छ। बढेकामा थ्रिस्टार हाइड्रो, ट्रेड टावर, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको सेयर रहेका छन्। यी कम्पनीहरुको क्रमशः ९.९९, ९.९८, ९.९८, ९.४० र ८.९९ प्रतिशतले वृद्धि हुँदा लगानीकर्ताले क्रमशः प्रतिकित्ता ८०.८८, ४४.२०, ३९.४०, १९५.०४ र ७८.४९ रुपैयाँ आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज दुई विकास बैंकको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घट्दा लगानीकर्ताले क्रमशः १४७.७३ र १०३.९४ रुपैयाँ नोक्सानी व्यहोरेका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि प्रतिकित्ता २३४.०६ रुपैयाँ गुमाएका छन् भने सिन्धु विकास बैंक र कृषि बैंकको ऋणपत्रमा लगानी गरेका सेयरधनीले क्रमशः ५४.८५ र ५० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। 

सर्वाधिक कारोबार भने आज नेपाल पुनर्बीमा कम्पनीको भएको छ। कम्पनीको ७५ करोडको खरिदबिक्री हुँदा हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ७५ करोडकै कारोबार गरेका छन्। 

यस्तै बुटवल पावर कम्पनीको ५६ करोड, फर्स्ट माइक्रोफाइनान्सको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोडको कारोबार भएको छ।

आज उपसूचकहरु सबै हरियो छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad