इजरायलले मध्य गाजाको देइर अल-बलाहमा स्थल र हवाई आक्रमण सुरु गरेको छ।
यसअघि इजरायली सेनाले देइर अल-बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यहाँबाट बाहिरिन सूचना गरेको थियो।
दक्षिणी गाजाको रफाह र खान युनिसका हजारौँ विस्थापित मानिसले यस क्षेत्रमा शरण लिएका थिए।
स्थानीय पत्रकारले बताएअनुसार इजरायली ट्यांक र अन्य सैन्य सवारीसाधन किसुफिम चेकपोइन्टबाट सहरमा प्रवेश गरेको बीबीसीले जनाएको छ।
आइतबार, इजरायल रक्षा बल (आईडीएफ) ले देइर अल-बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यहाँबाट अल-मवासीतिर जान भनेको थियो।
यसपछि हजारौँ मानिस रातारात सहर छाडेर अल-मवासीको तटीय क्षेत्रतिर लागेका थिए।
इजरायली सेनाले सहर खाली गराउनु नयाँ करिडोर सिर्जना गर्ने प्रयासको एक हिस्सा हुन सक्ने आशंका स्थानीयले गरेका छन्।
Shares

प्रतिक्रिया