कारोबार


कोरोना महामारी : ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एसियाको विशेष सतर्कता

कोरोना महामारी : ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एसियाको विशेष सतर्कता

नेपालखबर
बैशाख १, २०७७ सोमबार ७:३०,

कोरोना भाइरस महामारीका बेला एनआईसी एसिया बैंकले आफ्ना ग्राहक र कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाएको जनाएको छ। बैंकले स्वास्थ्यलाई विशेष ध्यान दिई आफ्नो सेवाहरुलाई निरन्तरता दिएको हो।

नेपालमा पनि संक्रमितको संख्या बढिरहेका बेला जोखिमको परिकल्पना गर्दै विशेष सावधानी अपनाइएको बैंकले जनाएको छ। ग्राहक तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटाभन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।

सो क्रममा आफ्ना ग्राहकलाई सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरबाट सचेतनामूलक जानकारी दिएको, ग्राहक पुग्नुअगावै निस्संक्रामक औषधि सम्बन्धित स्थानमा छर्किने गरेको, मास्क तथा स्यानिटाइजर प्रयोगमा जोड दिँदै त्यसपछि मात्रै बैंक प्रवेश गर्न दिइएको बैंकले जनाएको छ।

त्यस्तै ग्राहकको तापक्रम मापन गर्न थर्मल गनको प्रयोग गरिएको, तोकिएभन्दा बढी तापक्रम पाइए चिकित्सकीय परामर्शका लागि सुझाव दिइएको र सामाजिक दूरी कायम गरेर सेवा वितरण गरिएको बैंकले जनाएको छ।

यसबाहेक बैंकले विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न अपिल समेत गर्दै आएको छ भने बैंकिङ कठिनाइ भए ग्राहक सहायता केन्द्र स्थापना गरी समाधान गर्ने गरेको जनाएको छ। यस्तै बैंकले एटीएम बुथमा पनि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था मिलाएको जनाएको छ। बैंक स्वयंले एटीएममा ४८ घण्टामा निस्संक्रामक औषधि छर्किरहेको बताइएको छ।

बैंकले कर्मचारीलाई स्टाफ एडभाइजरी जारी गरेर उच्च सतर्कता अपनाएको पनि जनाएको छ। कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहक महानुभावहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको छ। नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहक महानुभावहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त डिस्इन्फेक्सन गरेर जम्मा गर्ने व्यवस्था गरेको छ।

सेवामा रहेका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको छ। लकडाउनले रोकिएका कर्मचारीलाई परिवारसम्म सावधानीसाथ लग्ने गरेको पनि बैंकले जनाएको छ।

यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा निस्संक्रामक औषधि छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको, कर्मचारीहरूलाई परामर्श दिइरहेको र सकेसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भएपनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पु¥याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहकलाई घरबाट बाहिर निस्कन नपर्ने गरी कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।

जसका लागि विद्युतीय बैंकिङ्गबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ ।

ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्युआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सक्नुहुन्छ । साथै, नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एसिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad