समाज


श्रीलंकामा कोरोनाबाट मृत्यु भएकालाई जलाउनुपर्ने नियम लागू, मुस्लिमले गरे विरोध

श्रीलंकामा कोरोनाबाट मृत्यु भएकालाई जलाउनुपर्ने नियम लागू, मुस्लिमले गरे विरोध

नेपालखबर
बैशाख १, २०७७ सोमबार ७:५१,

श्रीलंकाले कोरोना भाइरस ‘कोभिड १९’ बाट मृत्यु भएका मानिसलाई अनिवार्य जलाउनुपर्ने नियम लागू गरेको छ।

मुस्लिम समुदायको विरोधकाबीच सरकारले जुनै धर्मको भएपनि मृतकको अन्त्येष्टि जलाएरै गरिनुपर्ने बताएको हो।

श्रीलंकामा हालसम्म २ सय १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ।

मृतक सातमध्ये तीनजना मुस्लिम समुदायका थिए। मुस्लिम समुदायको विरोधबीच सरकारले यी ३ जनाको लाशलाई पनि जलाएको थियो।

मुस्लिम समुदायका मानिसहरुले शबलाई गाडेर अन्त्येष्टी गर्दछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad