कारोबार


राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

नेपालखबर
साउन २, २०८२ शुक्रबार २०:३०, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन्। 

शुक्रबार (साउन २ गते) बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका हुन्। आजै पदभार ग्रहण अघि अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएका थिए।

ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ। पछिल्लो समय राष्ट्र बैंकको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन्। 

नवनियुक्त ढकाललाई बैँक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैँकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले अहिले ३ सय ९ वटा शाखा कार्यालयहरु मर्फत ७७ वटै जिल्लामा करिव ४७ लाख भन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ। 

बैंक आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad