आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज दुईसय रुपैयाँ बढेको हो।
गएको बुधबार एक हजार तीनसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज दुई दिनमा गरेर पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ९२ हजार दुईसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको महासंघले जनाएको छ।
चाँदीको मूल्य आज प्रतितोला दुई हजार दुईसय ८० रुपैयाँ छ।
699
Shares

प्रतिक्रिया