कारोबार


सेयरबजारमा १० महिनायताकै उच्च कारोबार, कुन समूह कतिले बढे?

सेयरबजारमा १० महिनायताकै उच्च कारोबार, कुन समूह कतिले बढे?

नेपालखबर
साउन १, २०८२ बिहिबार १५:५१, काठमाडौँ

सेयरबजारमा १० महिनायताकै उच्च कारोबार भएको छ। 

बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो। 

यसअघि २०८१ भदौ ११ गते १८ अर्ब ६४ करोड ९५ लाखको सेयर कारोबार भएको थियो। 

लचिलो मौद्रिक नीति कार्यान्वयन सुरु भएकै दिन नेप्से सूचक र कारोबार रकम ह्वात्तै बढेको हो। आज सूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा चढेको छ। 

२.७१ प्रतिशतले बढेको बजारमा ३ करोड ८६ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। साताको अन्तिम कारोबार दिन बजार खुलेयता निरन्तर बढेको थियो। 

यस दिन २४० सेयरको मूल्य बढ्दा ९ वटाको मात्रै घटेको छ।

ट्रेड टावर, शुभम पावर, थ्रिस्टार हाइड्रो, इस्टर्न हाइड्रो र वाराही हाइड्रोको सेयर सर्वाधिक दरमा बढेका हुन्। यी सेयरहरु क्रमशः १०, ९.९९, ९.९९, ९.९० र ९ प्रतिशतले बढेका छन्। 

आज कारोबारमा सामेलमध्ये सेयरहरुको अधिकतम गिरावट दर ७.५८ प्रतिशत छ। एनआईबीएल स्टेबल फन्डको सबैभन्दा धेरै दरमा मूल्य घटेको हो। 

यसबाहेक एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, रिलायबल समृद्धि योजना, मुक्तिनाथ म्युचुअल फन्ड, कुमारी बैंकको डिबेन्चरका लगानीकर्ताहरुले धेरै गुमाएका छन्। 

सर्वाधिक कारोबार भने आज नेपाल पुनर्बीमा कम्पनीको ८४ करोडको भएको छ। यसबाहेक बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युतको ५६ करोड, सानिमा माई हाइड्रोपावर ४२ करोड र ङादी ग्रुप पावरको ४१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

आजको कारोबारमा अन्य समूह हावी देखिएको छ। ५.०९ प्रतिशतले यो समूहको सूचक बढ्दा जीवन बीमा ३.१४, लगानी ३.१७, जलविद्युत् ३.०४ प्रतिशतले बढेका छन्। 

त्यसैगरी होटल र फाइनान्स क्रमशः २.६० र २.८० प्रतिशतले बढ्दा वाणिज्य बैंक १.७६, विकास बैंक १.९५, फाइनान्स २.८० उत्पादन २.९४, माइक्रोफाइनान्स २.५०, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशतले बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad