समाज


बीपी प्रतिष्ठानमा बिमा सेवा निरन्तर

बीपी प्रतिष्ठानमा बिमा सेवा निरन्तर

फाइल फोटो


नेपालखबर
साउन १, २०८२ बिहिबार १५:५८, धरान

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताएका छन्।

आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा उनले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताए। 

‘बिमा सेवाले जनताको अधिकारका रूपमा स्थायित्व पाउनेछ,’ उनले भने।

बीपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन कोसी प्रदेश सरकार सफल भएको उनले उल्लेख गरे। जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुने कुरा कहिल्यै स्वीकार्य नहुने उनको भनाइ छ। 

धरानको दीर्घकालीन खानेपानी समस्याका सम्बन्धमा उनले सङ्घीय सरकारसँग सहकार्य गरी ‘लेउती सुरुङ मार्ग’ निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउने बताए। धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बसाइँसराइ रोक्न त्यसअनुसार संरचना निर्माणको खाँचो औँल्याए।

मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि संकल्पसहितको सहकार्य आवश्यक रहेको बताउँदै भने, ‘धरान बनाउने अभियान अब टुङ्गोमा पुर्‍याउने समय आएको छ। संकल्प, योजना र कार्यान्वयन सँगसँगै जानुपर्ने आजको आवश्यक्ता हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad