नेपाल राष्ट्र बैंकले “क” वर्गका वाणिज्य बैंक, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंक तथा “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने व्यवस्था गरेको छ।
“क” वर्गका इजाजतपत्रप्राप्त संस्था तथा “ख” वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने व्यवस्थामा संशोधन गरिएको हो।
त्यस्तै गरी राष्ट्रिय स्तरका वित्त कम्पनी बाहेकका “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा १५ गुणासम्म वित्तीय स्रोत (ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणहरु) संकलन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
135
Shares

प्रतिक्रिया