अबको तीन रात ललितपुरका एक दर्जन भन्दा धेरै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ।
नेपाल दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका एक दर्जन ठाउँमा सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनले जनाएको छ।
आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म पाटन कार्यालय अन्तर्गतका मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औधोगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ।
त्यसैगरि भोलि (साउन १ गते) पनि सोही समयमा ललितपुरको च्यासल, चाकुपाट, ज्वागल र पुल्चोक क्षेत्रमा सेवा अवरुद्ध हुने छ।
साउन २ गते जाउलाखेल, एकान्तकुना खरिबोट, मनिमण्डल, सानेपा र धोबिघाट क्षेत्रमा टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुने छ।
निर्धारित समयभन्दा अघिपछि पनि सेवा सुचारु नभएमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि कार्यालयले सबैमा अनुरोध गरेको छ।
हेर्नुहोस् सूचना

Shares

प्रतिक्रिया