कारोबार


पाँचतारे होटलमा ३ अर्ब बढी लगानी गर्दै दुर्गा प्रसाईं, १ वर्षभित्र सञ्चालनमा आउने

पाँचतारे होटलमा ३ अर्ब बढी लगानी गर्दै दुर्गा प्रसाईं, १ वर्षभित्र सञ्चालनमा आउने

नेपालखबर
असार ३१, २०८२ मंगलबार १२:१०, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापामा ३ अर्ब २९ करोड ८० लाख लगानी गरी बनाइरहेको पाँचतारे होटल एट्रियम लिमिटेड अर्को वर्ष सञ्चालनमा आउने भएको छ। 

रेटिङ एजेन्सी केयर एजका अनुसार ९८ कोठा क्षमताको होटल झापाको बिर्तामोडमा चन्द्रगढी विमानस्थलभन्दा १२.९ किमि दूरीमा बनिरहेको हो। 

भारतीय नाका जोगबनीभन्दा ३० किमि टाढा रहेको होटल ७१ प्रतिशत ऋण र २९ प्रतिशत स्वपुँजी लगानीमा निर्माण भइरहेको हो। आसपासका पर्यटकीय र धार्मिक क्षेत्रमा आउने पर्यटक र तीर्थालुलाई लक्षित गरी होटल निर्माण भइरहेको छ। 

प्रस्तावित होटलमा रेस्टुराँहरु, स्विमिङ पुल, सम्मेलन र ब्यान्क्वेट हल, स्पा, क्यासिनो र अन्य सुविधाहरु हुनेछन्। सन् २०१६ सेप्टेम्बरमा स्थापना भएको होटल एट्रियम प्रालि त्यसयता निर्माणाधीन छ। यो होटल १६ हजार ८४३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। 

विवादास्पद छविका प्रसाईंले विभिन्न क्षेत्रमा लगानी गरेका छन्। उनी बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक समेत हुन् भने पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिका प्रवर्द्धक समेत छन्। 

गत जुनसम्म होटलको वित्तीय प्रगति ८९ प्रतिशत रहेको छ। यसअघि २ अर्ब ८४ करोड लागत राखिए पनि निर्माण तथा रिडिजाइनलगायतका कारण लागत ३ अर्ब बढी हुनपुगेको रेटिङ एजेन्सीको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad