आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको दोस्रो दिनको सेयरबजार दोहोरो अंकले घटेर राताम्मे बनेको छ।
आइतबार २९ अंकले बढेको नेप्से सोमबार ३२ अंकले घटेर २७२८.८० अंकमा ओर्लिएको हो।
आइतबार ११ अर्बमाथिको कारोबार गरेका लगानीकर्ताले सोमबार ८ अर्ब १७ करोडको मात्रै कारोबार गरेका छन्। बजार खुलेबाटै नेप्से सूचक घट्न थालेपछि लगानीकर्ताले आइतबारको तुलनमा सोमबार कारोबारलाई घटाएका हुन्।
यो दिन कारोबारमा आएका ३२१ कम्पनीका सेयरमध्ये १९८ वटाको मूल्य घट्दा ५० वटाको मात्रै मूल्य बढ्न पुगेको छ।
बढ्नेमा माइखोला हाइड्रो र १० प्रतिशत कुमारी बैंक डिबेन्चर २०९० को मूल्य ५ प्रतिशतले बढेपनि अन्य कम्पनीका सेयरको मूल्यमा बृद्धि देखिएन।
यता घट्नेमा भने सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त अगाडि छन् । दुवै कम्पनीको ४ प्रतिशतले मूल्य घटेको हो।
यस्तै कारोबारमा भने आज एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेड अगाडि छ। यो कम्पनीको ४० करोड रुपैयाँको सेयर कारोबार भएको हो।
Shares

प्रतिक्रिया