कारोबार


बिमा कम्पनीहरुले अबदेखि व्यावसायिक लक्ष्यमा तीनवटा बिमाशुल्क अनिवार्य समावेश गर्नुपर्ने

बिमा कम्पनीहरुले अबदेखि व्यावसायिक लक्ष्यमा तीनवटा बिमाशुल्क अनिवार्य समावेश गर्नुपर्ने

नेपालखबर
असार ३०, २०८२ सोमबार १५:५, काठमाडौँ

नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यावसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बिमाशुल्कका अतिरिक्त नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा÷शाखा÷प्रादेशिक कार्यालय र विभागहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमाशुल्कका अतिरिक्त नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न’ निर्देशन दिएको उल्लेख छ।

बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको, बीमकहरू ठूलो रकमको बिमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका बर्गसम्म पुग्न नसकेको, बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुने लगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बिमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad