एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडले काठमाडौँको लक्जरियस बर्णबास म्युजियम होटलको संस्थापक सेयर किनेको छ।
कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ता सेयर किनेको हो।
सांसद तथा होटल व्यवसायी राजेन्द्र बजगाईं अध्यक्ष रहेको बर्णबास होटलको संस्थापक सेयरमध्ये १४.२ प्रतिशत सेयर किनेको हो।
कम्पनीले प्रतिकित्ता १ सय २५ रुपैयाँका दरले होटलको सेयर किनेको हो। सेयर किनेपछि एनआरएन इन्फ्रास्ट्रक्चरको १४.२ प्रतिशत संस्थापक सेयर स्वामित्व कायम भएको छ। यो भनेको जारी पुँजीको ९.०९ प्रतिशत हो।
कम्पनीको तर्फबाट न्यूनतम एक जना सञ्चालक रहने गरी सेयर खरिद गरिएको हो। एनआरएनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्याल र कम्पनीको तर्फबाट अध्यक्ष राजेन्द्र बजगाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
240
Shares

प्रतिक्रिया