कारोबार


काठमाडौं महानगरपालिकाले ल्यायो नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिकाले ल्यायो नीति तथा कार्यक्रम

नेपालखबर
असार २९, २०८२ आइतबार १५:२५, काठमाडौँ

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम १७औँ नगरसभामा प्रस्तुत भएको छ। 

मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

जसअनुसार काठमाडौंलाई मौलिक, ऐतिहासिक, सामाजिक र पर्यटकीय महानगर निर्माण गर्ने, आव २०८१/०८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने, दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरिने, सोहीअनुसार बजेट विनियोजन गरिने, एक वडा, एक उत्पादन नीति तथा कार्यक्रमलाई परिमार्जन गरी निरन्तरता दिइने उल्लेख छ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका आवश्यक कार्यक्रम ल्याइने, बालसंरक्षण प्रणाली स्थापना गरिने, हिंसामा परेका र संरक्षण आवश्यक भएका बालबालिकालाई संरक्षण गरिने, स्पोर्ट्स एकेडेमी, समग्र शैक्षिक सुधार गरिने, पोषणयुक्त आहारको नियमित व्यवस्था गरिने, आधारभूत स्वास्थ्यसेवालाई सर्वसुलभ, प्रविधिमैत्री र सबै क्षेत्रमा पु¥याइने, स्वास्थ्य सहर बनाउन कार्यक्रम ल्याइने, मौलिक कला, भाषा, संस्कृति, सम्पदा संरक्षणलगायतलाई प्राथमिकता दिएर समग्र सांस्कृतिक अर्थतन्त्रसँग जोडिने भएको छ। 

शून्यफोहोर अभियान, वातावरणमैत्री दिगो सहरी विकासमैत्री प्रणाली ल्याइने, भूसूचना प्रणाली, इमरजेन्सी अपरेसन सेन्टर, नागरिक सहकार्य, एकीकृत विपद् व्यवस्थापन प्रणाली गरिने, डुबान, आगलागीजस्तालाई ध्यान दिइने कार्यक्रम ल्याइने, महानगरलाई फिल्म सिटीको रुपमा विकास गरिने, स्मार्टसिटीका आवश्यक पूर्वाधार निर्माणलाई ध्यान दिइने, भगिनी सहर विस्तारमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई ध्यान दिइने भएको छ।

ज्येष्ठ नागरिकको लागि बहुउपयोगी सेवा केन्द्र सञ्चालन गरिने, नियमित अनुगमन प्रणाली सञ्चालन गरिने, गुणस्तरीय खाद्यवस्तु आपूर्तिको प्रबन्ध गरिने, पीपीपी मोडलमा सञ्चालित आयोजना कार्यान्वयन, प्रभावकारिता अध्ययनको समयानुकूल गरिने, सार्वजनिक निजी साझेदारी नीतिमार्फत आयोजना विकासलाई जोड दिइनेलगायत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad