कारोबार


मौद्रिक नीति : चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई परिमार्जन गरिने

मौद्रिक नीति : चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई परिमार्जन गरिने

नेपालखबर
असार २७, २०८२ शुक्रबार १३:४, काठमाडौँ

राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरवलोकन गर्ने भएको छ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरवलोकन गरिने उल्लेख गरेका हुन्।

कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन गरिने नयाँ नीतिमा उल्लेख छ।

चालू आवको मौद्रिक नीतिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन यही असार मसान्तबाट कार्यान्वयनमा लैजाने व्यवस्था गरेका थिए। तर गभर्नर पौडेलले त्यसलाई संशोधन गर्दै २०८३ असार मसान्तबाट मात्रै कार्यान्वयन गर्न सकिने गरी व्यवसायमैत्री नीति लिएका थिए। 

यसमा पनि नयाँ मौद्रिक नीतिमार्फत थप संशोधन गर्ने गरी पौडेल लचिलो बनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad