नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आवमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखेका छन् भने विस्तृत मुद्रा प्रदाय १३ प्रतिशत रहने अनुमान गरेका छन्।
गत आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले कर्जा प्रवाहको वृद्धिदर १२.५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। जेठ मसान्तसम्म ८.७ प्रतिशत मात्रै कर्जा वृद्धि भएको छ।
आगामी आवमा भने ०.५ प्रतिशतले कर्जा प्रक्षेपण घटाएको छ।
138
Shares

प्रतिक्रिया