आज राति ललितपुरका केही स्थानमा नेपाल टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुनसक्ने कम्पनीले अग्रिम जानकारी गराएको छ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनअन्तर्गतका एकान्तकुना, थसिखेल, महालक्ष्मीलगायतका क्षेत्रहरुमा टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा अवरुद्ध हुनसक्ने भएको हो।
राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ। निर्धारित समयभन्दा अघिपछि सेवा सुचारु नभएमा नेपाल टेलिकम ग्राहक सेवा केन्द्र १९८ वा कार्यालयको टेलिफोन नम्बर ०१–५४२३३६३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
87
Shares

प्रतिक्रिया