कारोबार


बाढीले क्षतिग्रस्त आयोजना अनुगमन गर्न रसुवा जाँदै हितेन्द्र, कुन आयोजनामा कति क्षति?

बाढीले क्षतिग्रस्त आयोजना अनुगमन गर्न रसुवा जाँदै हितेन्द्र, कुन आयोजनामा कति क्षति?

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १४:४२, काठमाडौँ

रसुवास्थित नेपाल–चीन नाका रसुवागढीमा मंगलबार बाढीले यस क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा धेरै क्षति पुगेको बताए। 

यसबाहेक चिलिमे जलविद्युत् आयोजना, त्रिशूली ३ एमा पनि क्षति पुगेको बताए। 

यद्यपि मानवीय क्षति भने विद्युत् आयोजनाहरुमा नभएको शाक्यले जानकारी दिए। केही आयोजनामा फसेका कर्मचारीको उद्धार गर्ने तयारी भइरहेको उनले बताए। 

उनका अनुसार त्रिशूली ३ एको ड्यामको एउटा गेट बगाएको छ। बाढीका कारण क्षति पुगेकाले रसुवागढी र त्रिशूली जलविद्युत आयोजनाबाट केही समय विद्युत् उत्पादन बन्द हुने शाक्यले जानकारी दिए। 

प्रारम्भिक रुपमा हेडवर्क्समा बढी क्षति पुगेको प्राधिकरणले उल्लेख गरेको छ। त्यसैगरी चिलिमे जलविद्युतमा भने थोरै क्षति पुगेको कारण केही दिनमा सञ्चालनमा आउनेछ। त्रिशूली थ्रिबी सबस्टेसनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ। अहिले पनि निरन्तर कटान रहेकाले कति क्षति भएको भन्न सकिने अवस्था नरहेको प्राधिकरणको भनाइ छ। 

कार्यकारी निर्देशक शाक्य जलविद्युत् आयोजनाको अवस्था अनुगमनका लागि रसुवागढी जाने पनि प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad