कारोबार


प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

नेपालखबर
असार २३, २०८२ सोमबार १६:१४, काठमाडौँ

प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

अध्यक्ष कार्कीले आजै बसको बैंकको सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण समेत गरेका छन्।

नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो। 

सो अवसरमा प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो। 

२०८१ पुस २९ मा सम्पन्न बैंकको तेईसौं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की यही असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औँ बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसकेका छन्।

त्यसैगरी निजामति किताबखाना, आन्तरिक राजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन्।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्ष कार्कीको नेतृत्वबाट बैंकको व्यापार व्यवासाय अभिबृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad