ad ad

कारोबार


लकडाउनमा ठेकेदार सम्पर्कविहीन भएपछि १० दिनदेखि मजदूर भोकभोकै

लकडाउनमा ठेकेदार सम्पर्कविहीन भएपछि १० दिनदेखि मजदूर भोकभोकै

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १४:२९,

सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन्। गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन्।

मेलम्ची १० मा बस्दैआएका उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन्। अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन्।

‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपत्को समयमा सम्पर्कविहीन भएकाले अलपत्रमा परेका छौँ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भने, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ।’

उनले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको पनि बताए।

ठेकेदारका खोजीमा प्रहरी कार्यालयसम्म पुग्दा पनि केही नभएको उनीहरुको गुनासो छ। मेलम्ची १० का वडाध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया शुरु भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .