ad ad

कारोबार


खसीको मासु किलोको अठार सयमा बेच्ने आइकालुलाई २ लाख जरिवाना

खसीको मासु किलोको अठार सयमा बेच्ने आइकालुलाई २ लाख जरिवाना

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १३:३१,

खसीको मासु अभाव भैरहेको अवस्थामा मौका छोपी प्रख्यात मासु पसल आइकालुले बढी मूल्यमा बिक्री गरेपछि कारवाही भएको छ।

अनुगमनको क्रममा नयाँ बानेश्वर शंकमुल स्थित आइकालु मासु पसलमा १८ सय रुपैयाँ प्रति किलो खसीको मासु बिक्री गरिरहेको पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो।

शुक्रबार विभागको अनुगमन टोलीले जरिवाना गरेर सञ्चालकलाई भने छोडेको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २ लाख जरिवाना गरिएको हो।

 92304643_210651000353639_7242787150075265024_n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .