नेपाली पासपोर्टको वरीयता गत वर्षभन्दा खस्किएको छ।
हेन्ले पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको २०२५ को विश्व वरीयतामा नेपालले ९९औँ वरीयता पाएको हो।
सन् २०२४ मा नेपालले ९८औँ वरीयता पाएको थियो। यस वर्ष नेपालले भिसा फ्रि स्कोर ३८ पाएको छ। जुन गत वर्ष ४० थियो।
नेपालसँगै लिबियाले पनि सोही स्कोर पाएको छ। नेपालभन्दा कमजोर पासपोर्ट भएका देशहरु ६वटा छन्। पाकिस्तान, सोमालिया, यमन, इराक, सिरिया र अफगानिस्तान छन्।
हेन्ले पासपोर्ट इन्डेक्समा १९९ वटा पासपोर्ट र २२७ यात्रा गन्तव्यहरु समावेश हुन्छन्। जुन पासपोर्टले धेरै गन्तव्यमा भिसा फ्रि प्रवेश पाउँछन् त्यसलाई शक्तिशाली मानिन्छ।
यसअनुसार नेपालले ३८ गन्तव्यमा भिसा फ्रि प्रवेश पाउँछ भने बाँकी १८८ गन्तव्यमा भिसा आवश्यक पर्छ।
यी देशमा नेपालीलाई भिसा फ्रि र भिसा आवश्यक
Shares

प्रतिक्रिया