कारोबार


आर्थिक कूटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीले सहकार्य गर्ने

आर्थिक कूटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीले सहकार्य गर्ने

नेपालखबर
असार १७, २०८२ मंगलबार १६:४३, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स एनसीसी र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग आईआरजीडीडीबीच आर्थिक कूटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

चेम्बर र आईआरजीडीडीबीच व्यापार तथा लगानी कुटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नता लगायतका विषयमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको चेम्बरले जनाएको छ। 

नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरुलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाइएको छ ।

व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कुटनीति र लगानी अभिवृद्धि जस्ता क्षेत्रमा चेम्बर र आईआरजीडीडीबीच संयुक्त रुपमा अध्ययन अनुसन्धान समेत गरिने सम्झौतामा उल्लेख छ।

दुई संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक ६ महिनामा पुनरवलोकन गरिने चेम्बरले जनाएको छ। विदेशस्थित कूटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजीक्षेत्रबीच निरन्तर छलफल र सहकार्य मार्फत आर्थिक कुटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले आईआरजीडीडीसँग सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad