कारोबार


यातायात महानिर्देशकसँग नाडा प्रतिनिधिमण्डलको भेट, गाडी आयात र उत्पादनसम्बन्धी प्रस्तावित निर्देशिकामा छलफल

यातायात महानिर्देशकसँग नाडा प्रतिनिधिमण्डलको भेट, गाडी आयात र उत्पादनसम्बन्धी प्रस्तावित निर्देशिकामा छलफल

नेपालखबर
असार १७, २०८२ मंगलबार १६:५८, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ। 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीबारे चासो राखेको नाडाले जनाएको छ। विभागले गरिरहेको अध्ययन र तयारीको चौधरीले प्रशंसा गरेका थिए। सो क्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरुबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढ्नुपर्नेमा उनको चासो थियो।

उक्त छलफलमा उपस्थित नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लिखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताएका थिए। यसबारे सिलसिलेबर छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने उनको भनाइ थियो। 

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नुपर्ने धारणा राखेका थिए। यसैक्रममा महासचिव उपे्रतीले नेपालमै ब्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिए।

सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए। 

महानिर्देशक पोखरेलले यस विषयमा नाडाजस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताउँदै नेपालमा अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad