कारोबार


पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर स्वदेश फर्किए खड्का

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर स्वदेश फर्किए खड्का

नेपालखबर
असार १७, २०८२ मंगलबार ९:५४, काठमाडौँ

सांघाइ को–अपरेशन अर्गनाइजेशन (एससीओ)द्वारा  चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्री स्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गएराति स्वदेश फर्किएका छन्। 

स्वदेश फर्किएपछि खड्काले बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको जानकारी दिए।

आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी गर्दै मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि चीन प्रतिबद्ध रहेको आफूले पाएको बताए। बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यका बारेमा आफूले बैठकलाई अवगत गराएको जानकारी उनले दिए।

‘ऊर्जा अब व्यापारको विषयमात्र होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो, नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ,’ उनले भने। 

यही असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता थियो। 

चीनमा रहँदा खड्काले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका छन्। मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad