कारोबार


व्यक्तिगत कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकबाट बाहिरिए अवस्थी

व्यक्तिगत कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकबाट बाहिरिए अवस्थी

नेपालखबर
असार १६, २०८२ सोमबार १२:५, काठमाडौँ

नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट गोकर्ण अवस्थी बाहिरिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा बोर्डको सञ्चालकमा नियुक्त भएका अवस्थीले बोर्डमा राजीनामा पत्र बुझाएका हुन्। 

उनी महासंघका महानिर्देशक हुन्। 

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार पत्रमा अवस्थीले कार्यव्यस्तताका कारण सञ्चालकबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

उनी व्यक्तिगत कारण देखाउँदै सञ्चालकबाट बाहिरिएका हुन्। यसअघि पनि अवस्थीले सञ्चालकमा बसिरहन अनिच्छा व्यक्त गर्दै आएका थिए।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन बोर्ड अन्तिम चरणमा रहेको अवस्थामा अवस्थी सञ्चालकबाट बाहिरिएका छन्।

यसअगाडि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बोर्डको सञ्चालकबाट उद्योग वाणिज्य महासंघ, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टको संस्थाका प्रतिनिधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हटाउनुपर्ने सुझाव दिएको थियो।

सोको कार्यान्वयन गर्न बाँकी नै रहेको अवस्थामा अवस्थी सञ्चालकबाट बाहिरिएका हुन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad