समाज


सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा

सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा

नेपालखबर
असार १६, २०८२ सोमबार १२:९, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जना बढुवा भएका छन्। बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना छन्।

त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो। 

त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो। उनीहरूले आवेदन दिएपछि एक महिनाको बिचमा बढुवाको निर्णय भएको हो। 

बढुवा मूल्यांकन फारमको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो। खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने डीएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad